काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीको वार्षिक साधारण सभा मिति २०७९ साल वैशाख महिना ०९ गते, शुक्रबार सम्पन्न भएको हो। उक्त सभा पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठ काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त सभामा तपसिल बमोजिमका विषयमा छलफल भएको थियो ।
१. छलफलका विषयहरु :
क) सामान्य प्रस्ताव :
१. आ.व. २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने,
२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने,
३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचन गर्ने ।
५. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजी रु ११,८१,००,०००।०० (अक्षरेपीः रु एघार करोड एकासी लाख मात्र) को १५.६५ प्रतिशतले हुन आउने रकम रु १,८४,८३,८९५।९३ (अक्षरेपीः रु एक करोड चौरासी लाख त्रियासी हजार आठ सय पन्चानब्बे र पैसा त्रियानब्बे मात्र) नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
ख) विशेष प्रस्ताव :
१. यस कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तार गरी धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक (Issue Manager), शेयर रजिष्ट्रार (Registrar to Shares) एवं सामूहिक लगानी कोषको डिपोजिटरी (Depository of Mutual Fund) को रुपमा समेत कार्य गर्नको निमित्त कम्पनीको प्रबन्धपत्रमा उल्लेखित उद्देश्यहरु थप /संशोधन गर्ने र सो बमोजिम आवश्यक व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
२. गरिमा क्यापिटल लिमिटेड वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
३. सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता रकम बृद्धि गर्ने ।
४. प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
ग) विविध : उक्त सभामा प्रस्तुत गरिएका उपरोक्त बमोजिमका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिको निर्णयबाट पारित भएका छन् ।
२. पाँच (५) जना सञ्चालकहरु निर्वाचित:
गरिमा क्यापिटल लिमिटेडका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नका लागि उम्मेदवारी दर्ता गरेका ५ जना देहाय बमोजिमका पदाधिकारीहरु निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।
१. दिपक पाण्डेय
२. रमा कान्त बराल
३. यादव कुमार श्रेष्ठ
४. माधव प्रसाद उपाध्याय
५. अनिल श्रेष्ठ
साथै, साधारण सभा लगत्तै बसेको सञ्चालक समितिको बैठकबाट दिपक पाण्डेय अध्यक्ष पदमा मनोनयन भएका छन् । गरिमा क्यापिटल लिमिटेडका नवनिर्वाचित सञ्चालकहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै उनिहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । उक्त सभामा देहाय बमोजिमका पदाधिकारीहरु लगायत गरिमा क्यपिटल लिमिटेडका शेयरधनीहरु, अन्य अतिथि वर्ग, कर्मचारीहरु तथा पत्रकार मित्रहरुकोे उल्लेख्य सहभागिता थियो ।
१. जलेश्वर पाण्डे (गरिमा विकास बैंक लिमिटेडका पूर्व अध्यक्ष, काठमाडौँ क्यापिटल लिमिटेडका अध्यक्ष तथा गरिमा क्यापिटल लिमिटेडका पूर्व सञ्चालक)
२. दिपेन्द्र श्रेष्ठ (गरिमा विकास बैंक लिमिटेडका सञ्चालक)
३. गोविन्द प्रसाद ढकाल (गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत)
४. प्रा.डा. धन बहादुर कुवँर (काठमाडौँ क्यापिटल लिमिटेडका सञ्चालक)
५. पुष्कर पोख्रेल (लेखापरीक्षक, पुष्कर पि. एण्ड एसोसिएट्स)
६. रमेश प्रसाद दवाडी, निर्वाचन अधिकृत
गरिमा क्यापिटल लिमिटेडको निमन्त्रणालाई स्वीकार गरी कम्पनीको छैटौँ वार्षिक साधारण सभामा समुपस्थित सम्पूर्णमा हार्दिक कृतज्ञता ज्ञापन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्