काठमाडौँ । नेपाल आयात निगमले भारतबाट खरिद, कर तथा अन्य राजश्व तिर्दा जति मूल्य परेको छ सोहि मूल्यमै पेट्रोलियम पदार्थ बिक्री गर्ने तयारी थालेको छ । ठूलो घाटा ब्यहोरिरहेको बताउंदै निगमले स्वचालित मूल्य प्रणाली लागू गरेर परल मूल्यमा इन्धनको बिक्री गर्ने तयारी थालेको हो । जसअनुसार अब खाना पकाउने एलपी ग्यासको मूल्य २५ सय २८ रुपैयाँ ६६ पैसा पुग्ने छ ।
यस्तै अहिले पेट्रोलको भाउ १५५ रुपैयाँ, डिजेलको भाउ प्रतिलिटर १३८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ छ । परल मूल्य लागू हुँदा भारतबाट बिहिबार आएको नयाँ मूल्य सूचीअनुसार अब पेट्रोलको मूल्य १८२ रुपैयाँ पुग्नेछ भने डिजेलको भाउ १७० रुपैयाँभन्दा केही माथि जानेछ । यता आयल निगम अहिले ३५ अर्ब रुपैयाँ घाटामा छ ।
स्वचालित मूल्य प्रणाली लागू गरेर परल मूल्यमा इन्धनको बिक्री गर्ने विषयमा आज अर्थ मन्त्रालयमा पनि छलफल भएको छ । छलफलमा अर्थमन्त्री जनार्दन शर्मा, श्रममन्त्री किसान श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव डा. गणेश पाण्डे, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्