काठमाडौं । ग्लोबल आइएमई बैंकले ३ लाख २७ हजार ८२३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले गत माघ २१ गतेदेखि विद्यमान संस्थापकका लागि सेयर बिक्रीमा ल्याएको थियो तर आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी उक्त सेयर बिक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले यो सेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागिएको जानकारी बैंकले दिएको हो ।
बैंकले शुक्रबार एक सूचना जारी गर्दै सेयर खरिद गर्न इच्छुकहरुले आगामी ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन आग्रह गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्