Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकद्धारा संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक सेयरधनीले उक्त सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने भएका छन् ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले वैशाख ४ गते आइतबारबाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । सेयर खरिद गर्न ग्लोबल आइएमई बैंकको रजिष्ट्रर्ड कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK