×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारीको मुद्दा बिहीबार पनि हेर्दा हेर्दैमा, शुक्रबारका लागि तोकियो पेशी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गभर्नर अधिकारीको मुद्दा बिहीबार पनि हेर्दा हेर्दैमा, शुक्रबारका लागि तोकियो पेशी

Artha Sarokar

१५ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट बिहीबार पनि हेर्दा हेर्दैमा रहेको छ । मंगलबार गभर्नरका पक्षबाट १२ जना वकिलले बहस गरेका छन् भने बिहीबार सरकारी पक्षबाट १३ जनाले बहस गरेका छन् । यससँगै अब अर्को पेशी शुक्रबार ११ बजेका लागि तोकिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा भएको सुनुवाईमा दुबै पक्षका अधिवक्ताहरुले १२ घण्टा बहस गरेका थिए । यसअघि न्यायाधीश हरिप्रसाद फुयालको इजलासले रिटमाथि सुनुवाई गर्दै अन्तरकालिन आदेश जारी गरेको थियो । शुक्रबारको पेशीमा यसअघिको आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषय टुंगो लाग्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी