काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको उक्त आइपीओ आइतबार बिहान आयोजित एक कार्यक्रमकाबीच बाँडफाँट गरिएको हो । कम्पनीले चैत ८ गतेदेखि ३१ लाख २५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा २८ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि, १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि निष्कासन गरेको थियो ।
कम्पनीको आइपीओमा २१ लाख ६ हजार ५१६ जना आवेदकले आवेदन दिएका थिए । जसमा ५ हजार १३३ जनाको आवेदन बदर भएको छ । यस आधारमा २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पार्न सफल भएका छन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्ने भएका छन् । साथै ग्रीन भेन्चर्सको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्