×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब हाम्रोपात्रो रेमिटबाट १ लाख डलरसम्म रकम पठाउन सकिने, केहि महिनाभित्रै इन्स्ट्यान्ट पेको पनि सुविधा उपलब्ध हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

अब हाम्रोपात्रो रेमिटबाट १ लाख डलरसम्म रकम पठाउन सकिने, केहि महिनाभित्रै इन्स्ट्यान्ट पेको पनि सुविधा उपलब्ध हुने

Artha Sarokar

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अब हाम्रोपात्रो रेमिटबाट १ लाख डलरसम्म रकम पठाउन सकिने भएको छ । अहिलेसम्म एक व्यक्तिले अधिकतम ३० हजार अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था रहेको थियो । लोकप्रिय एप हाम्रोपात्रोले रेमिट्यान्स सेवाको सुरुवात असोज ८ गते देखि गरेको थियो । उक्त रेमिटको सुरुवात भएसँगै अमेरिकामा बस्ने नेपाली नागरिकहरुलाई नेपालमा रकम पठाउन सजिलो भएको छ ।

अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट नेपालको जुनसुकै बैंक खातामा पनि रकम पठाउन सकिने भएको छ । प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिने भएको छ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरुमा मात्र लागू हुनेछ ।

पात्रोको रुपमा सुरु भएको हाम्रोपात्रोले सुरुवाती दिनदेखि फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सेवा प्रदान गर्दै आईरहेको छ । अहिले रेमिट्यान्स पठाएको २ देखि ३ दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुँदै आएको छ । तर अबको केहि महिनाभित्र इन्स्ट्यान्ट पेको सुविधा उपलब्ध हुने हाम्रोपात्रोले जनाएको छ । जसअन्तर्गत रकम पठाएको केही मिनेटमै नेपालको बैंक खातामा पैसा जम्मा हुनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी