काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षका अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुने ब्यवस्था मिलाइएको छ।
सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्र्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन्। आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान चैत २८ गतेदेखि २०७९ वैशाख ७ गतेसम्मका लागि आईएमई पेमार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन बिहान १२ देखि १२ः३० सम्म १०५ छुट, १ हजार अधिकतम र अभियान सुरु भएको पहिलो आधा घन्टा पछि दैनिक रस आवर आधा–घन्टामा १० प्रतिशत छुट अधिकतम ७५० सम्म हुने व्यवस्था मिलाइएको छ।
सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ, यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकलाई विशेष सहयोग पुग्ने विश्वास आइएमई पेले लिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्