×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको बिक्री नभएको ९१ हजार १९५ कित्ता हकप्रद सेयर लिलामीमा आउने

GLOBAL IME BANK
SHREE KESH

आइएमई जनरल इन्स्योरेन्सको बिक्री नभएको ९१ हजार १९५ कित्ता हकप्रद सेयर लिलामीमा आउने

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको ९१ हजार १९५ कित्ता हकप्रद सेयर लिलामीमा आउने भएको छ । कम्पनीले बिक्री खुला गरेको ४०% हकप्रद सेयर गत सोमबार चैत २८ गते बाँडफाँड भएको थियो ।
कम्पनीले ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १३ हजार ६८९ जना सेयरधनीबाट ४५ लाख ३९ हजार १४९ कित्ताका लागि मात्र आवेदन परेको छ । बाँकी ९१ हजार १९५ कित्ता हकप्रद बिक्री हुन नसकेको हो ।
बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउनेछ । कम्पनीले गत फागुन २२ गतेबाट चैत १३ गतेसम्म ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: