×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७.३७ प्रतिशत लाभांश पारित गर्ने विशेष ऐजेण्डासहित आइएमई जनरल इन्स्योरेन्स वैशाख ९ गते बालायो वार्षिक साधारणसभा

GLOBAL IME BANK
SHREE KESH

७.३७ प्रतिशत लाभांश पारित गर्ने विशेष ऐजेण्डासहित आइएमई जनरल इन्स्योरेन्स वैशाख ९ गते बालायो वार्षिक साधारणसभा

१ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको उक्त वार्षिक साधारणसभा वैशाख ९ गते शुक्रबार हुने भएको हो । सभा लैनचोर ब्यांक्वेट काठमाडौंमा बिहान १० बजेबाट सुरु हुने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभाले पारित गर्ने भएको छ ।

यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित पनि गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीको अधिकृत पुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गरेको छ । तर्सथ चैत २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: