×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बलेफीको आइपीओमा २२ लाख ६९ हजारको आवेदन, १ लाख ६६ हजारले सेयर पाउँदा २१ लाख भन्दा धेरैको हात खाली हुने

PRIME CA

बलेफीको आइपीओमा २२ लाख ६९ हजारको आवेदन, १ लाख ६६ हजारले सेयर पाउँदा २१ लाख भन्दा धेरैको हात खाली हुने

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा कुल २२ लाख ६९ हजार ४१६ जनाले आवेदन दिएका छन् । सीडीएसका अनुसार २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि २ अर्ब ६२ करोड २२ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।  जुन सर्वसाधारणले माग गरेको भन्दा १५.७६ गुणा बढी आवेदन हो ।
माग भन्दा बढी आवेदन परेकाले बलेफीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । कम्पनीको आइपीओ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । जसमा १ लाख ६६ हजार ३४५.३ जनाले मात्र सेयर पाउने देखिएको छ भने बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ ।
बलेफीले चैत १६ गतेबाट सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको हो । कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५% अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ४% अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: