काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको वैशाख २ गते शुक्रबारदेखि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सो आइपीओ जारी गरेको हो ।
जसमध्ये १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् । लगानीकर्ताले यसमा वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो समयसम्ममा आइपीओ बिक्री नभएमा वैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले सीवाइसी नेपालको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो रेटिङ २०७९ भदै ३० गतेसम्म बाहल रहने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्