×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीको १० लाख कित्ता आइपीओ, लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि भर्न सक्ने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ बैशाख २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

खुल्यो विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीको १० लाख कित्ता आइपीओ, लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि भर्न सक्ने !

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावरले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैशाख ११ गते आइतबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० लाख कित्ता बिक्री खुला गरेको हो । जसमध्ये ७ लाख कित्ता आइपीओमा लम्जुङ जिल्लाको क्वहोलासोथार गाउँपालिको वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयले आवेदन दिन पाउनेछन् । बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिका र कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाका स्थानियले आवेदन दिन पाउनेछन् ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने भएका छन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने भएको छ ।उक्त आईपीओमा स्थानियले छिटोमा वैशाख २५ गतेसम्म र ढीलोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्बबाट १० करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो ।

स्थानीय बासिन्दाले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । साथै सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीकने बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: