×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आवेदन दिन छुट्ला है !, रिभर फल्सले आयोजना प्रभावितका लागि खुला गरिरहेको छ ७ लाख कित्ता आइपीओ

GLOBAL IME BANK
SHREE KESH

आवेदन दिन छुट्ला है !, रिभर फल्सले आयोजना प्रभावितका लागि खुला गरिरहेको छ ७ लाख कित्ता आइपीओ

२ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिभर फल्स पावरले चैत २७ गतेदेखि आइपीओ खुला गरिरहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ७ लाख कित्ता बासिन्दाहरुलाई आइपीओ आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि आइपीओ खुला गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने भएका छन् ।

आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएको खण्डमा बाँकी रहेको सेयरमा थप गरी सर्वसाधारणलाई बिक्री गर्ने कमपनीले जनाएको छ । यसमा छिटोमा वैशाख ११ गतेसम्म र ढिलोमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले यस आइपीओमा प्रभु क्यापिटल कमलादी काठमाडौं, रिभर फल्स पावर कमलादी काठमाडौं र यसको अयोजना कार्यालय संखुवासभा तथा धर्मदेवी नगरपालिकाको कार्यालय संखुवासभाबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, प्राइम कमर्सियल बैंक, प्रभु बैंक र ग्लोबल आइएमई बैंकको खाँदबारी शाखाबाट अवेदन दिन सकिनेछ । साथै सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रिभर फल्सको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धकका प्रभु क्यापिटल बिक्री रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: