काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको २ लाख ३६ हजार २५० कित्ता आइपीओमा आवेदन दिने चैत ३० गते बुधबार अन्तिम दिन रहेको हो । उक्त आइपीओमा आज कार्यालयसमयभित्र आवेदन दिन सकिने भएको छ । कम्पनीले उक्त आइपीओ चैत २५ गतेबाट बिक्रीमा ल्याएको हो ।
कम्पनीले ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी २ लाख २१ हजार १५६ कित्तामा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् । लगानीकर्ताले यक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्ने भएका छन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सकिने भएको छ । उपकार लघुवित्तको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ । इक्रा नेपालले २०७८ असार ९ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ असार ७ गतेसम्म बाहल रहनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्