×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पाउन सेयरधनीले पहिला कर तिर्नुपर्ने !

PRIME CA

कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पाउन सेयरधनीले पहिला कर तिर्नुपर्ने !

अर्थ सरोकार

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर पाउन सेयरधनीले पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै २०७६ पुस २३ गतेपछि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।
कम्पनीले सेयरधनीलाई लक्ष्मी बैंकको खाता नम्बर ११२११००१४०३ मा कर वापतको रकम जम्मा गर्न भनेको हो । कर जम्मा भएपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस जम्मा हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १३% बोनस सेयर वितरण गरेको थियो । कालिका र जनसेवी लघुवित्त एक आपसमा मर्ज भएर २०७६ पुस २३ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: