काठमाडौँ । खल्तीले समय मै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने भरपर्दो सुविधा शुरु गरेको छ । उपभोक्ताहरूले अब खल्ती मार्फत स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्नेछन्। स्वास्थ्य बीमा बोर्ड नेपाल सरकार द्वारा सञ्चालित एक सामाजिक सुरक्षा योजना हो जस अन्तर्गत जो कोहीले कुनै पनि आर्थिक बोझ नलिई उच्च गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने प्रयास गर्दछ। स्वास्थ्य बिमा भुक्तानीमा थप सहजता ल्याउनका लागि ‘खल्ती’ ले प्रयोगकर्ताका लागि यो सेवा ल्याएको त्यसैले स्वास्थ्य बीमा बोर्डको सेवा लिएका व्यक्तिले ले ‘खल्ती’ बाट समयमै प्रिमियम तिर्न सक्नेछन्।
यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “५० लाखभन्दा बढी नागरिकलाई समेट्ने यस प्रकारका अत्यावश्यक सार्वजनिक सेवाले जनतालाई डिजिटल भुक्तानी अपनाउन सक्षम बनाउँछ र हामी डिजिटल नेपालतर्फको अर्को पाइलाको रूपमा लिई अगाडी बढेका छौं ।” ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। www.khalti.com/app. बाट खल्ती डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि, कृपया PR संयोजक – आकृती शर्मालाई [email protected]. मा इमेल गर्नुहोस्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्