×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

किसान लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले आज बुधबारदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने गरी सो सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने खुलाईएको छैन् । सेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय धनगढी, कैलाली र कर्पोरेट कार्यालय, बुढानीलकण्ठ, काठमाडौंमा आफूले खरिद गर्ने सेयर खुलाई निवेदन दिनुपर्नेछ ।
सो समयसम्ममा विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्रीगर्ने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: