×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृति भेन्चर फण्डले एकैसाथ बोलायो ३ आर्थिक वर्षको साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्ताव

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कृति भेन्चर फण्डले एकैसाथ बोलायो ३ आर्थिक वर्षको साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्ताव

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले ३ आर्थिक वर्षको साधारणसभा एकैसाथ बोलाएको छ । कम्पनीले तेस्रो, चौथो र पाँचौं वार्षिक साधारणसभा बैशाख २१ गते बोलाएको हो । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको रजिष्टर्ड, कार्यालय जेडीए कम्प्लेक्स, सुन्धारा, काठमाडौंमा दिउँसो ४ बजे सुरु हुने जनाएको हो ।
सभाको विशेष प्रस्तावमा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने रहेको छ । यस्तै सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: