×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानी बोर्डमा १० खर्बका ३१ आयोजना पाइपलाइनमा, आगामी ३ वर्षमा थप ३ खर्बको लगानी भित्रिँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

लगानी बोर्डमा १० खर्बका ३१ आयोजना पाइपलाइनमा, आगामी ३ वर्षमा थप ३ खर्बको लगानी भित्रिँदै

Artha Sarokar

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  लगानी बोर्डमा १० खर्बका ३१ आयोजना पाइपलाइनमा रहेको छ।  जसमा सबैभन्दा धेरै जलविद्युत् परियोजनाहरु रहेका छन् । ऊर्जाका १७ परियोजनाहरूमध्ये  ३ खर्बका परियोजना निर्माण चरणमा रहेको लगानी बोर्ड, नेपालका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले बताए । साथै आगामी ३ वर्षमा थप ३ खर्बको लगानी आउन सक्ने पनि उनले बताए ।

यस्तै उनले अहिले पनि अरुण ३ लगायतका केही परियोजना विदेशी लगानीबाट बनिरहेको बताए । सिमेन्ट र खानीमा पनि विदेशी लगानीका परियोजना अगाडि बढेको छ । हाल राम्रो मोडालिटीमा हाइड्रो पावरका प्रोजेक्टमात्र अगाडि बढेका  तर अन्य क्षेत्रका परियोजना अगाडि बढ्न नसकेको सीईओ  भट्टको भनाई छ ।  क्लिन ट्रान्सपोर्ट, औद्योगिक पूर्वाधार, आधारभूत पूर्वाधार, प्रशारण लाइन पनि पीपीपी मोडलमा बनाउन आफुहरुसंग प्रयाप्त नीति नभएको  भट्टले बताए ।

लगानी बोर्ड र उद्योग विभागबीचको समन्वय राम्रो हुनुपर्ने भट्टले बताए । नेपालमा यी दुई निकायले विदेशी लगानी स्वीकृत गर्ने गर्दछ । लगानी बोर्डले ६ अर्बभन्दा माथिका परियोजना र २ सय मेगावाट क्षमताभन्दा माथिको जलविद्युत  परियोजनाको विदेशी लगानी स्वीकृति गर्छ । यस्तै उद्योग विभागले ६ अर्बभन्दा तलका परियोजना स्वीकृति गर्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी