काठमाडौँ । दुई दिनदेखि जारी ‘तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ । सम्मेलनमार्फत लघुवित्त संस्थाहरूले गरिबी, बेरोजगारी र वातावरणीय प्रतिकूल परिस्थितिको दुष्प्रभावलाई न्यूनीकरण गर्दै स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर र उद्यमशील समाजरसमुदाय निर्माणमा आआफ्नो क्षेत्रमा अगाडि बढ्ने संकल्प गरेका छन् ।
‘घर–घरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ भन्ने नारालाई मूर्तरूप दिन सम्मेलनका सहभागी सदस्यहरूले आआफ्नो क्षेत्रमा उद्यमशीलता अभिवृद्धि गर्न अभियान्ताका रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । सम्मेलन आयोजक समितिका अध्यक्ष एवं लघुवित्तका अगुवा अभियन्ता शङ्करमान श्रेष्ठले पनि सो नारालाई मूलमन्त्र बनाएर कार्यान्वयनमा ल्याउन उपस्थित सदस्यहरूलाई आग्रह गर्नुभयो । “घरघरमा उद्यम फैलाउने र गरिबी शून्य बनाउने अभियानको अभियन्ता बन्नुहोस्”, उहाँले भन्नुभयो, “तपाईंहरू सबैले आफ्ना वरिपरिका दाजुभाइ दिदी बहिनीहरूमध्ये पाँच जनालाई आफू जस्तै उद्यमी बनाउने अभियान चलाउनुहोस्, हाम्रो संकल्प कार्यान्वयन हुनुपर्छ ।”
हरेक लघुवित्त कम्पनीले आफ्नो कार्यक्षेत्रको कम्तीमा ‘एक गाउँमा इको भिलेज’ विकास गर्न पहल गर्नुपर्ने ११ बुँदे घोषणापत्रमा उल्लेख छ । सम्मेलनका अवसरमा लघुवित्तबाट कर्जा लिएर सफल उद्यमी बनेका तीन महिलालाई पुरस्कृत गरिएको थियो । तनहुँको भानु गाउँपालिका र दाङको तुलसीपुरमा गाईपालन गरिरहनुभएका बबिता गुरुङ र सरिता रेउले तथा रंगेली–१ मोरङमा तरकारी खेती गरिरहनुभएका सरिताकुमारी साह उत्कृष्ट उद्यमी बनेर जनही रु २५ हजार राशिको पुरस्कार प्राप्त गर्नुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्