×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ खुद नाफा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ खुद नाफा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमाससम्ममा आइपुग्दा १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको नाफा २०.२४ प्रतिशतले बढी हो ।

यता खुद ब्याज आम्दानी भने ३ अर्ब ६० करोड २८ लाख ६६ हजार रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १८ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाउन सफल भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा यस वर्षको खुद ब्याज आम्दानी १३.९० प्रतिशतले बढी हो ।

बैंकको सञ्चालन नाफा पनि १४.३२ प्रतिशतले बढेर २ अर्ब २२ करोड ३२ लाख ६९ हजार रुपैयाँ पुगेको छ र खराब कर्जा ०.८७ प्रतिशत रहेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी १३९ रुपैयाँ ७० पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: