Skip to content
LAXMI SUNRISE BANK

खल्ती डिजिटल वालेट र माछापुच्छ्रे बैंकबीच सम्झौता, खल्तीमा बैंक खाता लिङ्क गर्दा सामसुङ्ग स्मार्टफोन जित्न सक्ने

अर्थ सरोकार

काठमाडौँ। खल्ती डिजिटल वालेट र माछापुच्छ्रे बिचको साझेदारी भए साथै ‘खल्ती’मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ। यस सेवा सुचारु भए लगत्तै ‘खल्ती’ सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छ्रे बैंक लिङ्क गर्ने सबै प्रयोगकर्ताहरुले रु. १०० बोनस तुरुन्तै प्राप्त गर्ने छन्। साथै एक जना भाग्यशाली प्रयोगकर्ताले सामसुङ्ग स्मार्टफोन पनि जित्न सक्नेछन्।

दुबै बोनस र स्मार्टफोन आफ्नो माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ। बैंक लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो KYC भने भेरिफाइ गरेको हुनुपर्छ। एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यस मार्फत वालेट लोड नगरी केही ट्याप मै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सकिनेछ। यस प्रकारका सेवाहरूले समय बचतका साथ–साथै भुक्तानी सहज पनि बनाउँछ। अफरको बारेमा ’खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन् “खल्ती डिजिटल वालेटका प्रयोगकर्ताहरूले अब आफ्नो खल्ती खातामा बिना पैसा लोड सिधै बैंक खाता मार्फत भुक्तानीको मज्जा लिन सक्नेछन्। यो सुविधा सबै बैंकका ग्राहकहरूलाई उपलब्ध गराउनेको साथै थप सहज रूपमा डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं।”

माछापुच्छ्रे बैंक खाता ’खल्ती’मा लिङ्क गर्न, प्रयोगकर्ताहरूले निम्न कुराहरू गर्नुपर्छः

‘खल्ती’ को होमस्क्रिनमा रहेको ‘Link Bank Account’ मा ट्याप गर्ने
त्यहाँ “लिंक बैंक टु खल्ती“ मा ट्याप गर्ने
माछापुच्छ्रेबैंक छानी बैंक खाता नम्बर हाल्ने र सब्मिटमा ट्याप गर्ने
जानकारी ठिक भए ‘लिंक बैंक’ मा ट्याप गर्ने
ओटिपी (भेरिफिकेसन कोड) गर्ने र भेरिफाइमा ट्याप गर्ने

यसपछि ‘खल्ती’ बाट बैंक खाता लिंक तुरुन्तै हुनेछ। यस लगायत ‘खल्ती’ मा थप १९+ बैंक को खाता लिंक गर्न सकिन्छ। भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट मान्यता प्राप्त खल्ती आफ्नो सेवाको ५औं वर्षमा पुगेको छ। यसले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। हाल, यससँग ३०+ एजेन्ट नेटवर्कको साथमा देशभर २० लाख+ प्रयोगकर्ताहरू छन्। खल्तीबाट प्रयोगकर्ताहरूले आफ्नो फोन र टिभी टप–अप गर्न, इन्टरनेटको बिल, बीमा प्रिमियम, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल, आन्तरिक उडानको टिकट किन्न, चलचित्रको टिकट बुक गर्न र अन्य धेरै कुराहरू गर्न सक्छन्। Khalti.com/app  बाट ‘खल्ती’ डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि, कृपया यस संयोजक – आकृति शर्मालाई [email protected]मा इमेल गर्न सकिन्छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK