×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र डि डेस्टिनेसन लज एण्ड बारबीच सम्झौता, बैंकका ग्राहकले आकर्षक छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंक र डि डेस्टिनेसन लज एण्ड बारबीच सम्झौता, बैंकका ग्राहकले आकर्षक छुट पाउने

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र हेटौडा स्थित डि डेस्टिनेसन लज एण्ड बारबीच सम्झौता भएको छ । बैंक र लजबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झौता पछि बैंकको डेबिटकार्ड, क्युआर स्क्यान पे, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गरेमा रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग जनतालाई साक्षात्कार गराउने अभिप्रायले बैकले विभिन्न शाखाहरूबाट जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताएको छ ।

बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै जनाएको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज बनाउन  VISA EMV chip based travel Card, eCommerce card / Dollar card ​जारी गरेको   छ । chip based Travel Card, eCommerce card / Dollar card ​ जारी गर्ने अग्रणी   बैंक महालक्ष्मी विकास रहेको बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी