×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण, थप उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण, थप उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवलपरासी । महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ । चैत्र २५ गते शुक्रबार आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा यस बैंकका सञ्चालक राहुल अग्रवाल र पुर्व गृह राज्यमन्त्री देवेन्द्र राज कंडेल गरेका हुन् ।

शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहभागी भएकाहरुलाई यस बैंकका सञ्चालक राहुल अग्रवाले कृतज्ञता ज्ञापन गरे । बैंकका बरिष्ठ प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिबिधिहरु बारे प्रकाश पारे । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कृष्ण बहादुर गुरुङले जानकारी दिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी