Skip to content
LAXMI SUNRISE BANK

महुली लघुवित्तको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, १४.२१ प्रतिशतले नाफा बढ्दा प्रतिसेयर नेटवर्थ कति ?

अर्थ सरोकार

काठमाडौं । महुली लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १४.२१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी ४०.५४ प्रतिशतले बढेको छ सञ्चालन नाफा पनि  १२.७७ प्रतिशतले बढेको छ ।

यस्तै कम्पनीको निक्षेप संकलन २२.०३ प्रतिशतले  बढेको छ र कर्जा लगानी पनि ३१.८० प्रतिशतले बढेको छ । कम्पनीको  खराब कर्जा भने २.२४ प्रतिशत बाट बढेर २.५९ प्रतिशतमा पुगेको छ  । यस्तै प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ०७ पैसा  रहेको छ भने प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ०९ पैसा रहेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK