×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थतन्त्र धरासायी भएकोबारे यसो भन्छिन् मन्त्री झाँक्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अर्थतन्त्र धरासायी भएकोबारे यसो भन्छिन् मन्त्री झाँक्री

Artha Sarokar

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बताउनुभएको छ । आज यहाँ आयोजना भएको विद्युतीय व्यवसायी सङ्घको १२औँ वार्षिक साधारणसभामा उहाँले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट पार्नुभयो । मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कार्य गलत भएको त्यसो नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धरासायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन ।”
सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाइने बताउनुभयो । खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्यवृद्धि र रसिया–युक्रेनबीचको युद्धका केही बाछिटा नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिने अवस्था आइनसकेको उहाँले धारणा राख्नुभयो ।
अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उहाँले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने जोड दिनुभयो । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घका अध्यक्ष सरोजकुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गर्नुभयो । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी