Skip to content
LAXMI SUNRISE BANK

मेगा बैंककी कामु सिइओ रविना देशराज श्रेष्ठ प्रबल जनसेवाश्रीबाट विभुषित

अर्थ सरोकार

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित भएकी छिन्।राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सिइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गर्नुभयो । नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८को अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।

मेगा बैंक संचालक समितिको बुधबारको बैठकले उनलाई कायममुकायम सिइओको जिम्मेवारी समेत प्रदान गरेको छ । कामु सिइओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाएकी थिएन्। ३१ बर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिएन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK