काठमाडौँ। ‘मिस नेपाल’ को रजिस्ट्रेसन खुल्यो,Khalti बाटै रजिस्ट्रेसन र भोटिङ गर्न सकिने ‘मिस नेपाल’ को रजिस्ट्रेसन खुलेको छ । सो को रजिस्ट्रेसन र भोटिंगका लागि नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ सँग साझेदारी भएको छ। यस पालिको मिस नेपालमा सहभागी हुन इच्छुक सबैले प्जबतिष् मार्फत् रजिस्टर गर्न सक्नेछन्। यसको साथै प्रयोगकर्ताले प्जबतिष् मार्फत आफुलाई मनपर्ने मिस नेपाल प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट पनि गर्न सक्नेछन्। मिस नेपाल नेपालको सबैभन्दा ठूलो र मान्यता प्राप्त वार्षिक प्रतियोगिता हो। सुरुवात देखि नै यो प्रतियोगिता निकैको लागि सशक्तिकरण र प्रेरणाको स्रोत भएको छ।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “ नेपालको एक गरिमामय प्रतियोगिताको रुपमा आफुलाई स्थापना गर्न सफल भएको ‘मिस नेपाल’ सौन्दर्य प्रतियोगितामा हामी रजिस्टर तथा भोटिंग पार्टनरको रुपमा सहकार्य गर्न पाउँदा निकै खुशी छौं। सधै झैँ यस प्रतियोगिता मार्फत सौन्दर्य साथै बौद्धिक क्षमता भएका हाम्रा देशका प्रतिभावान नारीहरुले आफुलाई प्रस्तुत गर्ने अवसर यस मंचले प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं।” यस भोटिंग सुविधाको साथ–साथै, ‘खल्ती’ले निःशुल्क बैंक ट्रान्सफर, लेखस्टार अन्तर्गत रु. ५०००० जित्ने, र Flight चढी लखपति’ जस्ता विभिन्न अफर संचालन भइरहेकोछ।
भर्खरै स्टार्ट–अप सक्सेस अवार्डबाट सम्मानित, खल्ती आफ्नो सेवाको छैठौं वर्षमा छ। नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ । देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ३० हजार + एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। www.khalti.com/app बाट खल्ती डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि, कृपया एच् संयोजक – आकृती शर्मालाई [email protected] मा इमेल गर्नुहोस्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्