काठमाडौं । मुक्तिनाथ विकास बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०५ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट,प्रमुख–डिजिटल बैंकिङ्ग इकाइ र बैकास्योरेन्स राजेन्द्र पाण्डे,प्रमुख– बजारीकरण प्रवर्द्धन तथा संस्थागत मामिला विभाग वसन्त बक्सी, र अन्य कर्मचारीहरूको उपस्थिति तथा दराज प्रा।लि। को तर्फबाट आधिकारिक सदस्यहरूको उपस्थिति रहेको थियो ।
बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताहरूले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सीमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०५ वा रु १,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्दछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्