×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नवील बैंक लिमिटेड र हेफर इन्टरनेशनलबीच सम्झौता, उद्यमशीलता प्रवर्द्धन र वित्तीय साक्षरता पुर्याउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नवील बैंक लिमिटेड र हेफर इन्टरनेशनलबीच सम्झौता, उद्यमशीलता प्रवर्द्धन र वित्तीय साक्षरता पुर्याउने उद्देश्य

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले सम्झौता भएको हो । सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हेफर इन्टरनेशनल नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनी, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझाको समेत उपस्थिति थियो । कृषि अन्तर्गत तरकारी खेती तथा माछापालन एवम् पशुपालन सम्बन्धी क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालनमा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले दिगो बैंकिङ अन्तर्गतका कर्जा तथा वित्तीय साक्षरता प्रदान गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ । यस साझेदारीको मुख्य उद्देश्य महिला उद्यमी तथा साना किसानहरूको व्यबसाय विस्तार गर्ने क्षमताको मूल्यांकन र विकासमा केन्द्रीत रहेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ।

उक्त योजनामा हेफर इन्टरनेशनल नेपालका तर्फबाट सामाजिक उद्यमी, महिला सहकारी र विभिन्न स्थानका स्थानिय सरकार समेत आबद्ध रहेका छन् ।  महिला सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउनेछन् । नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा बैंकले लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी