Skip to content
LAXMI SUNRISE BANK

नारायणी डेभलपमेन्ट बैंकले पुन: शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, चुक्ता पूँजी ५२ करोड पुग्ने

अर्थ सरोकार

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले पुन : शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउनको लागि बैंकले पुन : हकप्रद सेयर निष्कासन गर्न लागेको हो । शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरिसकेको छ।
कम्पनीले अब आवश्यक प्रक्रिया पुरा गरेर धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर स्वीकृती पाएपछि मात्र हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले पुस ७ गतेदेखि २७ गतेसम्म शत प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।
उक्त हकप्रद सेयर निष्कासन बाँडफाँडपछि कम्पनीको पूँजी २६ करोड २४ लाख पुगेको छ । अब कम्पनीले पुन : शत प्रतिशत हकप्रद सेयर निष्कासन बाँडफाँडपछि पूँजी  ५२ करोड ४९ लाख पुग्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK