काठमाडौं । देशभरका साना उद्योगी तथा व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत २२ गते मङ्गलबार हुने भएको छ । देशभरका झण्डै दुई दर्जन व्यापार सङ्घ आबद्ध महासङ्घको चौँथो वार्षिक साधारणसभा एवं दोस्रो राष्ट्रिय महाधिवेशन एभरेष्ट होटल नयाँ बानेश्वरमा हुन लागेको हो । साना उद्योगी तथा व्यवसायीलाई परेका समस्यालाई समाधान गर्दै मुलुकको आर्थिक विकासमा लाग्दै आएको महासङ्घले सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष नरेश कटुवालले जानकारी दिनुभयो ।
महासङ्घले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले अस्वभाविकरुपले बढाएको ब्याजले उद्योगी व्यवसायीलाई नराम्रो असर परेको भन्दै यसबारे पुनर्विचार गर्न सरकारको ध्यानाकर्षणसमेत गरेको छ । यस्तै महासङ्घले उद्योगका लागि चाहिने दक्षजनशक्ति तयार गर्न सरकारले तालिम केन्द्रको स्थापना गर्नुपर्ने, कच्चा पदार्थमा बन्दै आएको परनिर्भरता हटाउनका लागि सरकारले खोज अनुसन्धान गर्नुपर्ने, काठमाडौँ उपत्यकालगायत सडक फुटपाथको सही व्यवस्थापन हुनुपर्ने, भन्सार नाकामा व्यवसायीको सहज पहुँच हुनुपर्ने बताएको छ ।
यसैगरी उद्योग व्यवसायको क्षमता र प्रकृति हेरेर उद्योगी व्यवसायीका लागि विनाधितो ऋणको व्यवस्था गर्नुपर्ने, अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकार र निजी क्षेत्रबीच समन्वय समिति गठन गर्नुपर्ने, साना तथा मझौला व्यवसायीलाई नीति निर्माण तहमा सहज पहुँच बनाउनुपर्नेलगायत मागसमेत व्यवसायीले सरकारसँग राखेका छन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्