×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउन वैशाख १० गते डाक्यो वार्षिक साधारणसभा

PRIME CA
GLOBAL IME BANK

नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउन वैशाख १० गते डाक्यो वार्षिक साधारणसभा

४ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले वैशाख १० गते वार्षिक साधारणसभा गर्ने भएको हो । सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलान्चोकमा दिउँसो ३ बजे हुने भएको छ । सभामा कम्पनीले आफ्ना सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि उक्त सभामा पेश गर्ने भएको छ । कम्पनीले २ लाख २९ हजार ६४९ कित्ता एफपीओ बिक्री गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो । अब धितोपत्र बोर्डबाट अनुमति पाएपछि एफपीओ निष्कासन हुने भएको छ । यस्तै अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि परित गर्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गतेबाट वैशाख १० गतेसम्म बुक क्लोज गरेको छ । तर्सथ चैत २२ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: