×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको खुद नाफा ३५.१० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा ( विवरण सहित )

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसीसी बैंकको खुद नाफा ३५.१० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६३ पैसा ( विवरण सहित )

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं :  एनसीसी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सर्वजनिक गरेको छ। यस अवधिमा बैंकले १ अर्ब ४८ करोड ७७ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा  ३५.१० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा बैंकले १ अर्ब १० करोड ११ लाख ८० हजार रुपैयाँ खुद  नाफा आर्जन गरेको थियो।

यता बैंकको खुद ब्याज आम्दानी २६.८३ प्रतिशतले बढेर २ अर्ब ७३ करोड ८१ लाख ५ हजार रुपैयाँ पुगेको छ  भने सञ्चालन नाफा २३.२६ प्रतिशतले बढेर १ अर्ब ९१ करोड २९ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६३ पैसाले बढेर १७ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ०१ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी