Skip to content
LAXMI SUNRISE BANK

नयाँ वर्ष २०७९ को अवसरमा एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु

अर्थ सरोकार

काठमाडौँ। नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ । यो योजना वैशाख ०५ बाट संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित मात्र रु २५ मा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजे देखि भोलिपल्ट बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने गरि दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सक्छन् । डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् ।

ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स१ह्यास वा एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन् । बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक मात्र रु २५ मा सुचारु गर्न सक्छन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स१एस्ट्रिक्स६ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन् ।सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्घता अनुरुप एनसेलले यी आकर्षक कम्बो प्याकहरु ल्याएको हो । यो योजना अन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK