Skip to content
LAXMI SUNRISE BANK

चौथो गुल्मी महोत्सवमा उपस्थित सहभागी र सम्पत्तिको बीमा नेको इन्स्योरेन्समा हुने

अर्थ सरोकार

गुल्मी । चौथो गुल्मी महोत्सवमा उपस्थित हुने सबै सहभागी र सम्पत्तिको बीमा हुने भएको छ । महोत्सव आयोजक गुल्मी उद्योग वाणिज्य संघले निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेड, गुल्मी उपशाखाबाट महोत्सवमा सहभागी हुने अतिथी, कलाकार तथा दर्शकको सामुहिक दुर्घटनाबीमा तथा महोत्सवका लागि निर्माण भएको मञ्च, स्टल तथा सम्पूर्ण सम्पत्तिको बीमा गरिदिएको हो ।

महोत्सव अन्तर्गत प्रादेशिक व्यापार एवं औद्योगिक मेला गुल्मीको सदरमुकाम तम्घासमा चैत्र २५ गतेदेखि बैशाख ४ गतेसम्म संचालन हुदै छ । महोत्सवमा ८० हजार दर्शक, एक सय भन्दा धेरै जना अतिथी तथा सयभन्दा बढी कलाकार सहभागी हुने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा २३५ स्टल रहेका छन् ।

ति सबैको सुरक्षाको लागि देशको निर्जिबन बीमा बजारमा २६ बर्ष देखी सेवा दिदै आएको नेको इन्स्योरेन्स लिमिटेड गुल्मी उपशाखा कार्यालयबाट प्रति व्यक्ति १ लाख सम्मको दुर्घटना उपचार बीमा, ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा र एक करोडको सम्पत्ति बीमा जोखिम बहन गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK