Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल मनी सप्ताह २०२२ : नेपाल बङ्गलादेश बैंकले गर्यो ५ विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम

अर्थ सरोकार

फेदाप । नेपाल बङ्गलादेश बैंक फेदाप शाखाले चैत्र ८ देखि १३ गतेसम्म स्थानीय ५ माध्यमिक विद्यालयहरूमा वित्तीय साक्षारता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा जलजले माध्यमिक विद्यालय, इशुबु माध्यमिक विद्यालय, सम्दु माध्यमिक विद्यालय, सिद्घकाली माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालयमा अध्ययनरत जम्मा ५०४ जना विद्यार्थीहरूलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो ।

नेपाल राष्ट्र बैंकले “ग्लोबल मनी सप्ताह २०२२” मा वित्तीय साक्षरता कार्यक्रम चलाउन गरेको निर्देशन अनुसार बचत तथा कर्जा, सफा नोटको नीति, विप्रेषण, शेयर बजार, विद्युतिय ठगी, लघुउद्यम ब्यवसाय तथा डिजिटल बैकिङ, यसका फाइदा, प्रयोग गर्ने तरिकाको बारेमा शाखा प्रमुख थल बहादुर बिष्ट तथा शाखाका अन्य कर्मचारीहरूले विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।

साथै अपरिचित व्यक्तिले सामाजिक सञ्जाल, फोन मार्फत विभिन्न लोभ लालच देखाई आफ्ना अति गोपनीय व्यक्तिगत विवरण जस्तै बैंक खाताको विवरण, पासवर्ड, ओ.टी.पी. जस्ता विवरण मागी ठगी गर्ने गरेकोले यस्ता ठगी कार्यबाट जोगिन आफ्ना विवरणहरू अनाधिकृत व्यक्तिलाई उपलब्ध नगराउन समेत सचेत गराएका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK