×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३२.१८ प्रतिशतले घट्यो नेपाल बंगलादेश बैंकको खुद नाफा, प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ ६२ पैसामा सीमित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

३२.१८ प्रतिशतले घट्यो नेपाल बंगलादेश बैंकको खुद नाफा, प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ ६२ पैसामा सीमित

Artha Sarokar

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस त्रैमासमा १ अर्ब ११ करोड रुपैयाँ  खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ३२.१८ प्रतिशतले कम हो । अघिल्लो वर्षको अवधिमा बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको यस त्रैमासमा खुद ब्याज आम्दानी २.२४५ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ३७.४४ प्रतिशतले घटेको छ । यस्तै वितरणयोग्य नाफा ४२.३९ प्रतिशतले घटेर ५६ करोड ६४ लाख रुपैयाँमा पुगेको छ ।

निक्षेप संकलन ५.८६ प्रतिशतले घट्दा कर्जा लगानी १०.९५ प्रतिशतले वृद्धि भएको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३५ पैसाले घटेर १४ रुपैयाँ ६२ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ  १६० रुपैयाँ २६ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी