×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको खुद नाफा घट्यो प्रतिसेयर, नेटवर्थ २ सय ४० रुपैयाँ ६० पैसा छ हुँदा अन्य सूचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बैंकको खुद नाफा घट्यो प्रतिसेयर, नेटवर्थ २ सय ४० रुपैयाँ ६० पैसा छ हुँदा अन्य सूचकको अवस्था कस्तो ?

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं : नेपाल  बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमाससम्म ३.०७ प्रतिशतलेले खुद नाफा  घटेर २ अर्ब १९ करोड २९ लाख ३१ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यस अवधिमा बैंकले २ अर्ब २६ करोड २२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल बैंकको खुद ब्याज आम्दानीमा झिनो सुधार भएको छ । इम्पेयरमेन्ट चार्जमा भारी वृद्धि भएपछि सञ्चालन नाफा २४.०३ प्रतिशतलेले घटेको छ । जसका कारण खुद नाफा प्रभावित भएको हो ।

यस्तै बैंकको  रिजर्भ कोष भने ६.९३ प्रतिशतलेले बढेर १७ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ । चुक्त पुँजी १४५ ले बढेको छ।  बैंकको प्रतिसेयर आम्दानी  ३ रुपैयाँ ५७ पैसाले घटेर २० रुपैयाँ ३० पैसामा पुगेको छ र  प्रतिसेयर नेटवर्थ २ सय ४० रुपैयाँ ६० पैसा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी