×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष संघईले लिए पद तथा गोपनियताको सपथ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष संघईले लिए पद तथा गोपनियताको सपथ

Artha Sarokar

२३ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले अध्यक्ष संघईलाई बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ३ को उपदफा ४ बमोजिम उनले सपथ लिएका हुन् । गत चैत २१ गते सम्पन्न कम्पनीको साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्षमा संघईलाई अध्यक्षमा निर्विरोध चयन गरेको थियो ।
सोही सभाबाट संस्थापक शेयरधनीका तर्फबाट चार जना सञ्चालकहरू निर्विरोध चयन भएका छन् । जस अनुसार निर्विरोध निर्वाचित हुने संस्थापक सञ्चालकहरूमा गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल, विवेक अग्रवाल र शक्ति कुमार गोल्यान छन्।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी