×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख ९८ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्री गर्ने, ३५ दिनभित्र आवेदन दिनुपर्ने

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले ५ लाख ९८ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्री गर्ने, ३५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार

काडमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका दुई जना संस्थापक सेयरधनीहरुले ५ लाख ९८ हजार ३२१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका हुन् । संस्थापक सेयरधनी सुभाष चन्द्र संघईले ४०० कित्ता र अनन्त कुमार गोल्याणले ५ लाख ९७ हजार ९२१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् ।

यो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको मिति अर्थात चैत ७ गतेदेखि ३५ भित्र नेपाल लाइफको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ । उक्त अवधिसम्म कुनैपनि संस्थापक सेयरधनीले आवेदन नदिएमा अन्य लगानीकर्तालाई बिक्री गर्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: