विराटनगर । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले बैंकको ६७ औँ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगरका सहायक निर्देशक निर्जल घिमिरेको संयोजकत्वमा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा वित्तीय चेतनामुलक प्लेकार्ड तथा ब्यानर सहित नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक तथा कर्मचारीहरुका साथै प्रदेश नं. १ स्थित बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, प्रदेश प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्र बैंक विराटनगरबाट विहान ६ः३० मा शुरु भएको प्रभातफेरी कार्यक्रम हनुमान मन्दिर, गोल्छा चोक, सिडियो कार्यालय, हस्पिटल चोक हुँदै पुनः नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा पुगि समापन भएको थियो । प्रभातफेरीमा सहभागीहरुलाई नेपाल राष्ट्र बैंक विराटनगरका कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्