×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बिमा कम्पनीद्वारा पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६० पैसा (विवरणसहित)

PRIME CA

नेपाल पुनर्बिमा कम्पनीद्वारा पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित, प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६० पैसा (विवरणसहित)

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले असोज मसान्तसम्मको विवरण प्रकाशित गर्दै निर्जीवन बिमा व्यवसायतर्फ १६ करोड ४९ लाख ३१ हजार रुपैयाँ र जीवन बिमातर्फ ७ करोड ५० लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवनतर्फ ३३ करोड ७८ लाख ६४ हजार रुपैयाँ र जीवन बिमातर्फ ५ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
असोज मसान्तसम्म कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब १२ करोड ६९ लाख २४ हजार रुपैयाँ र जीवन व्यवसायबाट ३७ करोड १५ लाख ६५ हजार रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको छ । यस्तै असोज मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ ।
यद्दपि, गत पुस २२ गते आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा गरी १६.५०% बोनस सेयर वितरण गरेको छ । उक्त बोनसपछि भने चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । असोज मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ४ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ र जीवन बिमातर्फ ६६ करोड ९७ लाख रुपैयाँ छ ।
साथै निर्जीवन बिमा कोषमा २ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जीवन बिमा कोषको विवरण रिपोर्टमा उल्लेख छैन । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ९ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ९२ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: