×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार पनि ४६.४६ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ६७ करोडमाथिको कारोबार

PRIME CA

मंगलबार पनि ४६.४६ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ६७ करोडमाथिको कारोबार

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५३.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको ५८ लाख ४१  हजार ९९८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड ६७ लाख ९९ हजार ७६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा इमर्जिङ्ग नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । इमर्जिङ्ग नेपालको सेयरमा यस्तो गिरावट आउँदा नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदि मर्दि हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः
यसैबीच  मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको  ९ करोड ६७ लाख ९९ हजार ७६८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, प्राइम कमर्सियल बैंक, एनआइसी एसिया बैंक, नेपाल टेलिकम, शिभम् सिमेन्ट र ङादी ग्रुप पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः
यसैगरी मंगलबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा जाल्पा लघुवित्त, युनिलिभर नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: