×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले डेटा बिक्री गर्ने, विनियमावली सेबोनमा पठायो

PRIME CA

नेप्सेले डेटा बिक्री गर्ने, विनियमावली सेबोनमा पठायो

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आफूसँग भएको डेटा बिक्री गर्ने भएको छ । नेप्सेले डेटा बिक्री गर्नका लागि गत माघमा विनियमावली बनाएर सेबोनमा पठाएको हो । बोर्डले उक्त व्यवस्थालाई ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५’ मा समावेश गर्ने भएको छ ।

विनियमावलीको तेस्रो संशोधनमा डेटा बिक्रीको व्यवस्था पनि समावेश गर्ने भएको छ । जसमा नेप्सेमा भएका विभिन्न तथ्याङक बिक्री गर्ने बारे उल्लेख छ । विनियमावली पास भएपछि नेप्सेले आफूसँग भएका डेटा बिक्री गर्न पाउने छ । त्यसका लागि क्षेत्रअनुसार शुल्क निर्धारण गरिने नेप्सेले जानकारी दिएको छ ।

नेप्सेको वेवसाइटमार्फत् पाउने डेटा भने लगानीकर्ताले किन्नु पर्दैन् तर कुनै कम्पनी, सञ्चारमाध्यमहरुले भने डेटाहरु प्रयोग गरेको खण्डमा शुल्क बुझाउनु पर्ने नेप्सेले जनाएको छ ।डेटा चाहिने निकायलाई विभाजन गरेर बिक्री गरिने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: