Skip to content
LAXMI SUNRISE BANK

नेप्सेको फ्लोर सिटबाट ब्रोकर र कारोबारीको क्रम संख्या हट्ने, ब्रोकरको स्क्रिन एक्जिबिएशन रुम सुचार गर्न बोर्डको निर्देशन

अर्थ सरोकार

काठमाडौं ।  नेपाल स्टक एक्स्चेञ्जको फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारीको क्रम संख्या हट्ने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेप्सेको फ्लोर सिटबाट ब्रोकर र सेयर कारोबारीको क्रम संख्या हटाउन निर्देशन दिएको हो ।  चैत ३० गते एक सूचना जारी गर्दै उक्त  विवरण हटाउन बोर्डले नेप्सेलाई निर्देशन दिएको हो ।

हाल नेप्सेको वेवसाइटमा रहेको फ्लोर सिटबाट ब्रोकर तथा सेयर कारोबार गर्नेहरुको क्रम संख्या देखिने व्यवस्था छ । उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा गुनासो आएसँगै बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम ९४० को प्रतिकुल नहुने गरी बोर्डले उक्त विवरण  हटाउन निर्देशन दिएको हो ।

अब कारोबार समयपछि मात्रै उक्त विवरण हेर्न मिल्ने भएको छ । यता बोर्डले ब्रोकरको स्क्रिन एक्जिबिएशन रुम सुचार गर्न पनि सबै ब्रोकरहरुलाई निर्देशन दिएको छ । यसअघि उक्त रुप कोभिडका कारण बन्द गरिएको थियो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK