काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने ‘म्यानेजर अफ दि इयर २०२२’ बाट सम्मानित भएका छन् । म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) ले व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै न्यौपानेलाई ‘म्यानेजर अफ दि इयर २०२२’ बाट सम्मानित गरेको हो ।
शनिबार याक एन्ड यति होटलमा आयोजित कार्यकमलाई सम्बोधन गर्दै ‘म्यानेजर अफ दि इयर २०२२’ का विजेता सीइओ न्यौपानेले उक्त पुरस्कार सम्पूर्ण Fellow NIC ASIANs लाई समर्पण गर्दै उक्त पुरस्कारबाट सम्मानित गरेकोमा व्यवस्थापन संघ, पुरस्कार छनौट समिति तथा व्यवस्थापन संघका पदााधिकारीलाई धन्यवाद दिएका थिए।
उनको पाँच वर्षको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. २७४ अर्ब पुगेको छ । त्यस्तै गरी निक्षेप संकलन तर्फ पनि रू. ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भई रू. ३०० अर्ब पुगेको छ । साथै बैंकको प्रतिशेयर आम्दानी तर्फ करिब २ गुणाले वृद्धि भई रू.४१.४३ पुगेको छ ।
बैंकले उनको नेतृत्वमा २०७८ पौष मसान्त सम्ममा देहाय बमोजिमको उत्साहजनक नतिजाहरू हासिल गरी समग्र बैंकिङ्ग क्षेत्रमा नै बैंक सर्वोत्कृष्ट बन्न सफल भएको छ ।

सीइओ न्यौपाने राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’, Corporate CEO of the Year, 2078Ú र Global Business Outlook (GBO) London बाट ‘Banking CEO of the Year – Nepal 2021Ú बाटसमेत सम्मानित भईसकेका छन् ।बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०१ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्