काठमाडौं । एनआइसी एसिया ग्रोथ फण्ड र एनआइसी एसिया ब्यालेन्स्ड फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । एनआइसी एसिया ग्रोथ फण्डको चैत मसान्तको प्रतिइकाई खुद सम्पति मूल्य ८१ पैसाले घटेर १४ रुपैयाँ १४ पैसा पुगेको छ ।
फागुनमा यस फण्डको न्याभ १४ रुपैयाँ ९५ पैसा रहेको थियो । यस्तै फागुनमा ८३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको यस फण्डले चैतमा ७८ करोड २८ लाख रुपैयाँको लगानी गरेको छ । यता फागुन महिना १३ करोड ७४ लाख रुपैयाँ रहेको बैंक मौज्दात यो महिनामा बढेर १५ करोड ६ लाख रुपैयाँ पुगेको छ । ग्रोथ फन्डले ८५ कम्पनीको ५५ लाख ५८ हजार ८२ कित्ता सेयर होल्ड गरेको छ ।
एनआइसी एसिया ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) पनि ६८ पैसाले घटेर १३ रुपैयाँ २५ पैसा कायम भएको छ । फागुनमा यस फण्डको न्याभ १३ रुपैयाँ ९३ पैसा रहेको थियो । फागुनमा ६२ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको यस फण्डले चैतमा भने ५८ करोड ४४ लाख रुपैयाँको लगानी गरेको छ ।
फागुन महिना ११ करोड ९८ लाख रहेको बैंक मौज्दात यो महिनामा बढेर १३ करोड रुपैयाँ पुगेको छ । यस ब्यालेन्स्ड फण्डले ७९ कम्पनीको ३९ लाख ६४ हजार ४७७ कित्ता सेयर होल्ड गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्