Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको नयाँ वर्ष योजना सार्वजनिक, ई–कमर्सबाट किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाईने

अर्थ सरोकार

काठमाडौं । नयाँ वर्षका अवसरमा एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत Daraz, Sastodeal,Gyapu र CG|LG Digital बाट २०७८ वैशाख ३ सम्म  विभिन्न सामग्री खरिद गरी बैंकका ग्राहकले ई–कमर्समार्फत भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म नगद रकम फिर्ता प्राप्त गर्न सकिन्छ । साथै, बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकलाई ई–कमर्समार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुटको योजनासमेत ल्याएको छ ।

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकरुलाई प्रोत्साहन गर्नका लागि ती ई–कमर्स कम्पनीहरुबाट सामग्री खरिद गर्दा आकर्षक छुट तथा नगद फिर्ताको व्यवस्था गरेको हो । यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइटमा रहेको आईसर्भमार्फत समयमै आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्ने बैंकले जनाएको छ।

यसका साथै बैंकलेKathmandu Marriott Hotel र Drishya Loungeमा न्यु इअर इभका दिन सेवा लिई बैंकको कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिने योजनासमेत ल्याएको छ । बैंकले म्युजिक नेपालसँग सहकार्य गरी MOMO App मार्फत NICASIA2078 कुपन कोड प्रयोग गरी आफ्नो ग्राहकका लागि निःशुल्क रुपमा एक महिनाका लागि सब्सक्रिप्सन हुने गरी विभिन्न लोकप्रिय गीत तथा संगीत सुन्न तथा चलचित्र हेर्न सकिने व्यवस्था गरेको छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK